अर्थ संसार, काठमाडौँ– अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन सहज हुने भएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकाको अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपलबाट विप्रेषण सेवाको सुरुवात गरेको जनाएको छ ।
सो सेवाको सुरुवात पछि अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपलमार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउन सक्ने व्यवस्था गरिएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
त्यसरी पठाएको रकम सो बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ । नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिने बंैकले जनाएको छ ।
पेपल मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषणसेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरबाट समेत प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।
यस अघि बैंकले विदेशमा रहेका नेपालीलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले भारतको एस्सिस बैंक र कुवेतको अल सुल्तान एक्चेन्जसँग पनि सम्झौता गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस