अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) अनुसार प्रभु बैंकले १०ः४ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
बैंकले हकप्रद निष्कासन प्रयोजनका लागि पुस २१ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । बैंकलाई हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले गत बिहीबार अनुमति प्रदान गरेको हो ।
प्रभुले अब १० बराबर ४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न लागेको हो । बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस