प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचार गर्न नबनेको बताएका छन् ।ओलीले काठमाडौंमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गदै यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताए ।उनले विरोधीहरुलाई प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ भन्दै प्रश्न पनि गरेका छन् ।
ओलीले भने, ‘तपाईंहरु एमालेप्रति औला उठाउँदै हुनुहुन्छ, तथ्य प्रमाणको आधारमा साँचै बहस गर्न सक्नुहुन्छ ? भन्दिए त भोनी, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड स्वीस बैंकमा, तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देउन । भन्दिनका लागि, फाल्तु कुरा गर्नुको अर्थ छैन ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस