Like us!
Follow us!
Connect us!
Watch us!

राज्य जिम्मेवार आमाजस्तो हुनुपर्छ : प्रधानमन्त्री

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, १५ : ५२ मा प्रकाशित

राज्य जिम्मेवार आमाजस्तो हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति जिम्मेवार रहेको बताएका छन् । 

सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

ओलीले हरेकले संविधान र कानुन मान्दिन भनेर गयो भने समाजलाई सरकारले ठिक बाटोमा हिँडाउन सक्नुपर्ने बताए।  

‘राज्य जिम्मेवार, आमाजस्तो सरकार हुनुपर्छ’, उनले भने, ‘जनता कानुन र संविधानभन्दा माथि हुन्छ, जनताले हेरफेर र परिवर्तन गर्न सक्छ तर सामूहिक शक्तिका भरमा ।’ उनले इण्डिभिज्युअल रुपमा संविधान र कानुन सबैले मान्नुपर्ने बताए ।

‘हरेकले कानुन र संविधान मान्दिनँ भनेर, स्वेच्छाचारी ढंगले बोलेर, सभ्यता र संस्कृतिको धज्जी उडाएर, गति छोड्यो भन्यो सरकारले जिम्मेवार ढंगले समाजलाई ठिक बाटोमा हिँडाउने कर्तव्य हुन जान्छ’, प्रधानमन्त्रीको भनाई छ । 

उनले औपचारिक मात्र होइन अनौपचारिक क्षेत्रमा समेत सामाजिक सुरक्षा विस्तार गर्नुपर्ने भन्दै अस्थायी र ज्यालादारी क्षेत्रका मानिसहरूलाई समेत समेट्नुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको