Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

अर्थ संसार

शनिबार, १५ मंसिर २०८१, २० : ५१ मा प्रकाशित

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

पेट्रोल र हवाई इन्धनको मूल्यमा वृद्धि भएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्यमा १ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा २ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको छ।

नयाँ मूल्य अनुसार, पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ, तथा अन्य क्षेत्रमा १५७.५० रुपैयाँ कायम गरिएको छ।

यस्तै, आन्तरिक हवाई इन्धनको प्रतिलिटर मूल्य १२८ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको नयाँ मूल्य अनुसार, काठमाडौंमा ९७५ अमेरिकी डलर, पोखरामा ८१८ अमेरिकी डलर, र भैरहवामा ८०२ अमेरिकी डलर निर्धारण गरिएको छ।

674b2a9332305.webp

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको