Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, ०७ : ३१ मा प्रकाशित

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले डिजेल,पेट्रोल, मट्टीतेल र हवाई इन्धनमा एकै पटक मूल्य घटाएको छ ।

निगमले सोमबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल / मट्टीतेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटाएको हो।

निगम प्रवक्ता मनोजकुमार ठाकुरले डिजेल / मट्टीतेल प्रतिलिटर १० रुपियाँ, हवाई इन्धन आन्तरिक र बाह्य प्रतिलिटर १० रुपियाँ र पेट्रोल प्रतिलिटरमा तीन रूपियाँ मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको उहाँले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७५ रुपियाँ डिजेल/मट्टीतेल १६५ रुपियाँ, हवाई इन्धन पट्रोल डिजल आन्तरिक १६० रुपियाँ कायम भएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि स्थानीय बजारमा समेत निगमले मूल्य घटाएको हो । ग्यासको मूल्य भने एक हजार आठ सय रुपियाँ नै कायम रहेको छ । निगमलाई प्रतिसिलिन्डर ५४५ रुपियाँ घाटा रहेको जनाएको छ । ग्यासमा घाटा उच्च भए पनि उपभोक्ताको हितलाई मध्यनजर गरेर ग्यासमा मूल्य साबिककै कायम गरिएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले गत १ अप्रिलमा पठाएको नयाँ मूल्य घटेर आएकाले निगमले स्थानीय बजारमा मूल्य समायोजन गरेको हो । आईओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा ६ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको थियो । आईओसीले प्रत्येक महिनाको १६ र १ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोही मूल्यलाई आधार मानेर निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गरेको छ ।

नेपाल सरकारको ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब रुपियाँ रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि निगमले आईओसीको बक्यौता रकम क्रमिक रूपमा घटाउँदै गएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको