Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा पेट्रोलियम पदार्थ पत्ता लाग्यो!

अर्थ संसार

शनिबार, २० पुस २०८१, २० : २२ मा प्रकाशित

नेपालमा पेट्रोलियम पदार्थ पत्ता लाग्यो!

दैलेखको माटोमुनि लुकेको नेपालको सुनौला भविष्य!

नेपालमा पहिलो पटक पेट्रोलियम पदार्थको पत्ता लागेको छ। दैलेखको भैरवी गाउँपालिकामा गरिएको उत्खननले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई नेपालको उर्जामा आत्मनिर्भर बन्ने सपना नजिक पुर्‍याउने क्रान्तिकारी कदमको रूपमा घोषणा गरेका छन्।

‘दैलेखको जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गर्दा पेट्रोलियम पदार्थको नमुना निकालिएको छ। अब यसको प्रयोगशालामा परीक्षणपछि व्यवसायिक उत्खनन सुरु गरिनेछ,’ प्रधानमन्त्री ओलीले उत्साहित हुँदै भने।

यो खोजले नेपाललाई ऊर्जा संकटको समाधान मात्र होइन, आर्थिक क्रान्तितर्फ अग्रसर गराउन सक्छ। पेट्रोलियम उत्खनन सफल भए, नेपालले आयातमा निर्भरता कम गर्दै स्वदेशी उत्पादनबाट राष्ट्रिय समृद्धिको नयाँ ढोका खोल्नेछ।

यो खबरले देशभर तरंग मच्चाउँदै, दैलेखलाई सम्भावनाको राजधानी बनाउने संकेत दिएको छ। अब सबैको नजर यस ऐतिहासिक उत्खननको सफलतामा छ!

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको