Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसीले पायो म्युचुअल फण्ड ‘एनआइसी एशिया ग्रोथ फण्ड’ निश्कासनको स्वीकृति

बुधबार, १२ पुस २०७४, १३ : २८ मा प्रकाशित

एनआइसीले पायो म्युचुअल फण्ड  ‘एनआइसी एशिया ग्रोथ फण्ड’ निश्कासनको स्वीकृति

अर्थ संसार, काठमाडौं– धितोपत्र बोर्डले एनआइसी एशिया क्यापिटललाई उसको पहिलो म्युचुुअल फण्ड ‘एनआइसी एशिया ग्रोथ फण्ड’ निश्कासनको स्वीकृति दिएको छ ।


बोर्डले पुस ११ गते एनआइसीलाई १० करोड इकाई सर्वसाधारणका लागि निश्कासनको अनुमति दिएको हो । यो अनुमतिसँगै यो स्किमले निकट भविष्यमै १० रुपैयाँ प्रति इकाईका दरले सार्वजनिक निश्कासन गर्नेछ ।

चालुु आर्थिक वर्षमा बोर्डले म्युुचुुअल फण्ड निश्कासनका लागि अनुमति दिएको यो तेश्रो स्किम हो । यसअघि सिद्धार्थ इक्वीटी फण्ड र सानिमा इक्वीटी फण्डले आइपीओ निश्कासनको अनुमति पाएका थिए ।

एनआइसी क्यापिटलको पहिलो म्युचुुअल फण्ड एनआइसी ग्रोथ फण्ड ७ वर्षे बन्दमुखी स्कीम हो । यो स्किमलाई एनआइसी एशिया क्यापिटलले व्यवस्थापन गरेको छ भने एआइसी एशिया बैंकले प्रवद्र्धन गरेको छ ।

कुल निश्कासनको अनुमति दिइएको युनिटमध्ये कोष प्रवद्र्धक एनआइसी एशिया बैंकले १.५० करोड इकाई पाउनेछ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री गरिनेछ ।

हाल बजारमा १२ वटा म्युचुुअल फण्डले संचालन अनुमति पाएका छन्, जसमध्ये १० वटा सूचिकृत भइसकेका छन् । सानिमा क्यापिटलको पहिलो फण्ड सानिमा इक्वीटी फण्डले मंगलबार मात्र इकाईहरुको बाँडफाँड सकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको