अर्थ संसार, काठमाडौं - जाडो याम सुरु भए सँगै पानीतताउँने स्र्माट गिजर भिगार्डले अव नेपाली बजारमा ल्याएको छ ।
भारतीय बजारमा प्रतिष्ठा कमाउन सफल भईसकेको भिगार्ड कम्पनीका गिजरहरु नेपाली बजारमा पनि आफ्नो उच्च स्थान कायम गर्दै आएको छ । त्रिवेणी ग्रुप अन्तर्गत रहेको न्ए त्चबमष्लन ऋयलअभचल GP Trading Concern ले ग्राहकहरुको उच्च माग अनुरुप भिगार्डका गिजरहरु आयात गर्न शुरु गरेको छ ।
भिगार्ड सन् १९७७ मा भारतमा स्थापना भएको एक प्रतिष्ठित कम्पनी हो । अहिले इन्डियामा यो कम्पनी प्रतिष्ठित कम्पनीको रुपमा स्थापित भईसकेको छ । भिगार्डबाट उत्पादित सम्पूर्ण सामाग्रीहरुले उच्च स्तरीय मान्यता प्राप्त गरेको छ ।
भिगार्ड कम्पनीका गिजरहरुमा ८ वर्षको वारेन्टी समेत रहेको छ । जुन अन्य कम्पनीको तुलनामा धेरै नै हो । यसका प्रडक्टहरुमा (ABS) आउटर बडि र हिटिङ्ग इलिमेन्ट (ISI) आई. एस .आई मापदण्डमा आधारित रहेको छ । हाम्रा प्रडक्टहरुमा डब्ल्यु पि. ई (WPE) ,आई पि सि एस ; (IPCS) जस्ता उच्च स्तस्रका प्रविधिको प्रयोग भएको छ ।
GP Trading Concern ले विद्युतीय प्रविधिबाट सञ्चालन हुने विभिन्न साईजका गिजर बजारमा ल्याएको छ । अहिले नेपाली बजारमा विद्युतीय गिजर प्रचलित बन्दै गएको छ । भिगार्डले उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै एक लिटर देखि ५० लिटर सम्मका विद्युतीय गिजर बजारमा ल्याएको छ ।
जाडो महिनामा पानी तताउन प्रयोग गरिने यी तीनै प्रकारका गिजरहरुको आ आफ्नै विशेषता रहेको छ । विद्युत र ग्याँस नपुगेका स्थानहरुका लागि सोलार गिजर उपयुक्त हुन्छ भने धेरै चिसो हुने, सितलहर पर्ने, घाम देख्ननै नसकिने स्थानहरुमा भने विद्युतीय गिजर नै बढी उपयोगी हुन्छ ।
त्यस्तै ग्याँस गिजर पनि विद्युत नपुगेको स्थानमा, प्रयोगका हिसावले सहज रहेको छ । विद्युतीय गिजर बजारमा आउनु भन्दा पहिले ग्यास गिजर बढी प्रचलित थियो । तर अहिले बजारमा विद्युतीय गिजर आउनथाले पछि यसको माग बढेको छ । विद्युतीयगिजर प्रयोग गर्न सहज हुन्छ ।
बढी सुरक्षित हुनका साथै विद्युतीय गिजर आफ्नो आवश्यकता अनुसार जुनसुकै समयमा पनि प्रयोग गर्न सकिन्छ । यसमा पानीको तापक्रमको मात्रा घटाउन बढाउन पनि मिल्छ ।
विद्युतीय गिजरमा इन्स्ट्याण्ट र स्टोरेज गरी दुई प्रकारका मोडलहरु बजारमा पाइन्छ । इन्स्ट्याण्ट मोडलमा पनि दुई प्रकारका मोडलहरु रहेका छन् । इन्स्ट्याण्ट विशेषतःकिचेन र वेसिनमा प्रयोग गरिन्छ । यो ३ हजार वाट देखि ४५ सय वाट सम्मका रहेका छन् । यसमा पानी तुरुन्तै तात्दछ ।
अहिले बजारमा इन्स्ट्याण्ट मोडलका विद्युतीय गिजर एक लिटर देखि तीन लिटर सम्मको पाउन सकिन्छ । त्यस्तै स्टोरेज हिटर पनि डोमेस्टिक गिजर र इन्स्टिच्युटनल गिजर गरी दुई प्रकारका रहेका छन् ।
डोमेस्टिक गिजर सामान्यत् घरका लागि प्रयोग गरिन्छ भने इन्स्टिच्युटनल गिजर होटल, अफिसमा प्रयोग गरिन्छ । यो २ हजार देखि ३ हजार वाट का रहेका छन् । डोमेस्टिक गिजर ६ लिटर देखि २५ लिटर सम्मका रहेका छन् भने र इन्स्टिच्युटनल गिजर ३५ लिटर र ५० लिटर मापाउन सकिन्छ ।
भिगार्ड कम्पनी बाट उत्पादित विद्युतीय गिजरको प्रमुख विशेषता भनेको यसले कम विद्युतखपत गर्नु नै रहेको छ । यसका हिटिङ्ग एलिमेन्टहरु आई.एस.आई मान्यताप्राप्त रहेका छन् ।
गिजरमा ८ वर्ष सम्मको वारेन्टी रहेको छ । अरु ब्राण्ड भन्दा केही फरक भिगार्डका गिजरहरु आकर्षक डिजाईनमा उपलब्ध हुनुका साथै गुणस्तर युक्त रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस