प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी ली छ्याङसँग मंगलबार बेइजिङमा गरेको ‘सौहार्द भेटवार्ता’ पछि जुन ९ बुँदे सहमति तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
नेपाल र चीनबीच टोखा छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको छ भने नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र भएको छ।
यसैगरी नौतले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्नसम्बन्धी प्रमाणपत्र आदानप्रदान, थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल, विकास योजनासम्बन्धी समझदारीपत्र तथा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारीपत्र द्विपक्षीय हस्ताक्षर भएको छ।
यसैगरी नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र र नेपाल टेलिभिजन तथा चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र हस्ताक्षर भएको छ।
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएपछि दुवै देशका अधिकारीहरुले सहमति र समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस