नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतीय चार जनालाई पक्राउ गरेको हो ।
आईपीएल प्रतियोगितामा स्पोर्टस् बाजी र प्रोबो लगायतका अनलाइन बेटिङ एप्सबाट पैसाको हारजित हुनेगरी क्रिकेट मैदान भित्रैबाट सट्टेबाजी खेल्ने, खेलाउने कार्यमा संलग्न चार जनालई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ हुनेमा भारत कोलकत्ताका सुमन धोष, उत्तर प्रदेशका अमित यादव, बिहारका सुमन्त कुमार र ब्रजेश कुमार रहेको सीआईबीले जानकारी दिएको छ । उनीहरुमाथि सट्टाबाजी गर्नु नहुने कसुरमा थप अनुसन्धान कार्य भइरहेको सीआईबीले बताएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस