Like us!
Follow us!
Connect us!
Watch us!

संस्थापकहरूका लागि अवसर: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १९ मंसिर २०८१, ०८ : ०० मा प्रकाशित

संस्थापकहरूका लागि अवसर: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहका ९८,४९० कित्ता सेयर बिक्रीमा राखेको छ। यी शेयरहरू कम्पनीका ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेका छन्।

हालका लागि, उक्त सेयरहरू कम्पनीकै अन्य संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने व्यवस्था गरिएको छ। इच्छुक संस्थापकहरूले आवेदन दिनका लागि ३५ दिनको समयसीमा तोकिएको छ। आवेदन कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बुझाउन सकिनेछ।

यदि तोकिएको समयभित्र संस्थापकहरूले सेयर खरीदका लागि आवेदन नदिएमा, ती सेयरहरू सर्वसाधारणका लागि बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

शेयर किन्न इच्छुक संस्थापकहरूले समयमै प्रक्रिया पूरा गर्न कम्पनीले आग्रह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको