Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको बिजनेस एक्सिलेन्स समिट सम्पन्न

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १० : १२ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको बिजनेस एक्सिलेन्स समिट सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट–२०८१ सम्पन्न भएको छ । कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट–२०८१ भव्यताका साथ सु–सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २० गतेसम्म ३ दिन चितवनको नारायणगढमा सञ्चालन भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहभागीहरुमा स्वागत मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रमको अवसर पारेर उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा प्रमुखहरुलाई सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कार्य सम्पादनमा आउन सक्ने चुनौतिलाई अवसरको रुपमा परिणत गरी अगाडी बड्न हौसला प्रदान गरे । साथै आगामी वर्षमा व्यवसाय विस्तारमा विशेष जोड दिन निर्देशन दिए ।

कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले आगामी वर्षको व्यवसायीक रणनीति, बिक्री कला, बीमा बजार लगायत समग्र बीमा क्षेत्रको बारेमा जानकारी गराए ।

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसेडर चर्चित कलाकार मनोज गजुरेलको रोचक प्रस्तुती रहेको थियो । त्यसैगरी मोटिभेसनल कोच बिके विजय राज सिग्देलको उत्प्रेरणात्मक सेसन रहेको थियो । कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले धन्यवाद व्यक्त गरि समापन गरिएको कार्यक्रमको सञ्चालन योगेन्द्र प्रसाद खतिवडाले गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको