Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफले गर्यो लाभांस घोषणा, हकप्रद पुनरावलोकन गर्ने

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, ०९ : ५१ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफले गर्यो लाभांस घोषणा, हकप्रद पुनरावलोकन गर्ने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड लाभासं घोषणा गरेको छ। कम्पनीको भाद्र ७ मा बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष  २०७९/८० को वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बरारबर बोनश सेयर तथा सोमा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्न निर्णय गरेको छ। 

कम्पनीले नेपाल बीमा प्राधिकरणमा स्वीकृती प्राप्त भए पश्चात आगामि वार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने छ।

तेस्तै, प्रभु महालक्ष्मीले हकप्रद सेयर जारी गर्ने निर्णय पुनरावलोकन गरेको छ। कम्पनीको निर्णयमा भनिएको छ। 

'नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने बीमकलाई तोकेको न्यूनतम चुक्ता पूँजी रु. ५,००,००,००,००० पुऱ्याउन कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु.४,२९,६०,००,००० को १७ प्रतिशतले हुन आउने रकम बराबरको प्रति किक्ता १०० अकिंत मुल्यको हकप्रद शेयर जारी गर्न कम्पनीको मिति २०८० पौष २९ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट अनुमोदन गराई नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजात सहीत १७ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि निवेदन पेश गरिएकोमा नेपाल धितोपत्र बोर्ड बाट हालसम्म स्वीकृती प्राप्त नभएको र आ.ब. २०७९/८० को वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनश शेयर प्रदान गर्न सकिने भएकोले बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी रु. ४,७२,५६,००,००० को ७ प्रतिशत बरारबरको मात्र हकप्रद शेयर जारी गरी न्यूनतम चुक्ता पुँजी कायम गर्न सकिने भएकोले र पुर्व घोषित १७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पुनरावलोकन गरी रु.४,७२,५६,००,००० को ७ प्रतिशत मात्र हकप्रद शेयर जारी गर्न सैद्धान्तीक स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतीको लागि लेखि पठाउने र नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त भए पश्चात आगामि वार्षिक साधारण सभाबाट अनुमोदन गराउने ।'

66caadfc87d76.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको