नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ। बिहीबार, सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो।
सर्वोत्तम सिमेन्ट लिमिटेडको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७६४.७० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ७१४.६७ रुपैयाँ कायम भएको छ ।
यस्तै, ग्रीन भेन्चर्स लिमिटेडको १० प्रतिशत बोनस सेयरमूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ५६१.५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ५१०.४५ रुपैयाँ कायम भएको छ ।
अब आइतबार समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको कारोबार खुला हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस