Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको २२ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १९ मंसिर २०८१, ०८ : ३२ मा प्रकाशित

कुमारी बैंकको २२ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक समूहका २२ लाख ४३ हजार ७ कित्ता सेयर लिलाम बिक्रीमा राखेको छ। यस पटकको सेयर बिक्रीमा जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

न्यूनतम मूल्य र आवेदन सीमा
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

  • न्यूनतम आवेदन: १० लाख कित्ता
  • अधिकतम आवेदन: सम्पूर्ण २२ लाख ४३ हजार ७ कित्ता

आवेदन दिने प्रक्रिया र समयसीमा
इच्छुक लगानीकर्ताले आज मंसिर १९ गतेदेखि पुस ३ गतेभित्र आफूले किन्न चाहेको शेयर सङ्ख्या र त्यसको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र बुझाउने स्थान
बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा बुझाउनु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको