Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको सुस्त गतिको वृद्धिले पायो निरन्तरता,५ अर्ब ३२ करोडको कारोबार

अर्थ संसार

विहीबार, ११ पुस २०८१, १५ : १५ मा प्रकाशित

सेयर बजारको सुस्त गतिको वृद्धिले पायो निरन्तरता,५ अर्ब ३२ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१९ अकंले बढेर २६३०.७१ बिन्दुमा बन्द भएको छ । आज ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने प्रभु बैंकको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। 

आज ४ स्टकको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र जोशी हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको