Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल मनी वीकको अवसरमा कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, ०७ : ०० मा प्रकाशित

ग्लोबल मनी वीकको अवसरमा कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ ।

ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो जसले युवाहरुलाई सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरुको पहिचान र सो समाधानका उपायहरु सिकाउने गर्दछ भने कुमारी बैंक लिमिटेड पनि यस अभियानमा जोडिएको छ ।

प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्दछ । यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधी र रकम मात्र राखेर यसबाट निश्चित भविस्यमा जम्मा हुन सक्ने बचत, सो बचत बाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरु अनुमान गर्न सक्दछन ।

बैंकले रिकरिङ्ग निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ भने, बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरु जस्तै इएमआइ क्याल्कुलेटरहरु पनि उपलब्ध भएको बताएको छ । रिकरिङ्ग निक्षेप क्याल्कुलेटर निः शुल्क प्रयोग गर्न तत्कालको लागी कुमारी बैंकको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा पनि यो सुविधा छिटै उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६५ शाखारहित बैंकिङ्ग ईकाई तथा ५१ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

Link for Financial Goal Calculator:

https://www.kumaribank.com/goal-calculator

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको