Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छः अध्यक्ष भट्टराई

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, १४ : ०४ मा प्रकाशित

नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छः अध्यक्ष भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भिर समस्या भोगिरहेको बताएका छन् ।

बिहीबार आर्कविल्ड एक्स्पो–२०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरू, प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिव देशले ब्रेन डे«न अर्थात् बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नुपरिरहेको अवस्था छ ।’

आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगतिमात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रुपमा नभई अभियानको रुपमा अंगाल्नुपर्ने उनले बताए । अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकुल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने पनि बताए ।

अध्यक्ष भट्टराईले नेपालमा संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरु रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको