Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेको संविधानको जगमा टेकेर अघि बढ्नु जेनजीका लागी राम्रो हुन्छ - बाबुराम भट्टराई

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १० : १२ मा प्रकाशित

अहिलेको संविधानको जगमा टेकेर अघि बढ्नु जेनजीका लागी राम्रो हुन्छ  - बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित अन्तरिम सरकार प्रमुखका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नामलाई समर्थन गरेका छन्।

आज विज्ञप्ति जारी गर्दै डा.भट्टराईले कार्कीलाई जेन–जी युवाद्वारा सिफारिस गर्नु सकारात्मक र सही निर्णय भएको बताएका छन्। उनले राष्ट्रपति, संविधानका पालनकर्ता र संरक्षकका हैसियतमा, संविधानको आधारमा कार्कीलाई विधिवत् शपथ गराई देशमा जारी अन्योल र आशंका छिटो अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

भट्टराईका अनुसार, यस कदमलाई संविधानसम्मत र लोकतान्त्रिक बनाउनका लागि संविधानविद् र जानकारहरूसँग परामर्श गरेर निर्णय लिनु उपयुक्त हुनेछ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको