Like us!
Follow us!
Connect us!
Watch us!

आज सुनको भाउमा गिरावट, चाँदीमा सामान्य वृद्धि

अर्थ संसार

शुक्रबार, २१ मंसिर २०८१, १० : ५१ मा प्रकाशित

आज सुनको भाउमा गिरावट, चाँदीमा सामान्य वृद्धि

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा सामान्य कमी आएको छ भने चाँदीको मूल्यमा थोरै वृद्धि भएको छ।

सुनको भाउ प्रतितोलामा ६ सय रुपैयाँले घटेर अहिले प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज कमी आएको हो।

यता, चाँदीको मूल्यमा भने १० रुपैयाँको वृद्धिसहित प्रतितोला १ हजार ८९० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावले नेपाली बजारमा पनि प्रभाव पारेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको