Like us!
Follow us!
Connect us!
Watch us!

गुमाएर पनि टिक्नेहरुले नै हो सेयरबजारबाट कमाउने

अर्थ संसार

विहीबार, ०९ कार्तिक २०८०, १० : ४९ मा प्रकाशित

गुमाएर पनि टिक्नेहरुले नै हो सेयरबजारबाट कमाउने

हिजो आज धेरै जनाको गुनासो सुनिन्छ, जो सरकारी क्षेत्रमा लागे, जो आफ्नो ब्यापार व्यवसायमा लागे या जो विदेश नै गए  उनीहरुको सबै राम्रै छ , उन्नती नै देखिन्छ। तर आफू यहाँ बसेर केहि गर्छु भने  स्टक मार्केटमा लागे, उन्नती होइन केबल गुमाए मात्र। अरुले घर बनाए जग्गा किने, गाडी चढेर हिडिरहेका छन्। उनीहरुको लाइफ स्टाइल परिवर्तन भयो तर आफ्नो अलिकति भएको पैसा पनि यता फसिरहेको छ। यो भनाई धेरै सेयरबजारमा लाग्नेहरुको छ। 

एउटा कुरा चाहिँ के सत्य हो भने हरेक कुरामा सफलता हासिल गर्न निश्चित समय लिन्छ।  हरेक कुराको उचाईमा पुग्न समय लाग्छ। तर हामी मान्छेको एउटा स्वभाविक बानी हुन्छ, हामी झट्ट अन्तिम नतिजा मात्र याद गर्छौ  र त्यहिँ नतिजा आफु सँग तुलना गर्छौ। हामि निराश हुन्छौ।  तर हरेक सफल ब्यक्तिको कुरा सुन्ने हो भने पनि  त्यो सफलताको नतिजा भन्दा अगाडिको दु:ख ,मेहनत र संघर्ष एक्दमै प्रेरणादायी हुन्छ। जुन हामीले हेक्का नै राख्दैनौ। 

हाम्रो सेयर बजारमा अहिले दिन राम्रो छैन। केहि वर्ष देखि नेपालको सेयरबजार निरन्तर बियरिस ट्रेण्डमा रहेको छ। नेपालको बजारको इतिहास हेर्ने हो भने यस्तो बेला कमाउने सम्भावना एकदमै कम हुन्छ। बियरिस बजारमा आकल झुकल कहिले काहिँ सेयरबजारमा कमाइएला तर अधिकांश समय कमाउने भन्दा गुमाउनेको सङ्ख्या धेरै हुन्छ। 

तर हामीले एउटा  पटक्कै बिर्सन नहुने कुरा के हो भने हाम्रो सेयर बजारको परिसूचक कुनै बेला २०० अंकमा पनि थियो। ११७४ को अंकबाट २९२ अंकमा झरेको पनि थियो। त्यो बेला पनि करिब करिब ७५ प्रतिशतको गिरावट आएकै हो। अब कल्पना गर्नुहोस त्यो बेलाको समय कस्तो थियो होला, त्यहाँ गुमाउनेको अवस्था अब कल्पना गर्नुहोस। 

तर भुल्न हुदैँन, त्यसपछि फेरि राम्रो दिन पनि आयो, २९२ अंकबाट ११७४ मात्र होइन १८९० को विन्दु सम्म पनि पुगेको थियो बजार। त्यो बेला ११७४ बाट २९२ अंकमा नेप्से परिसूचक पुग्दा गुमाउनेहरुले १८९० पुग्दा कति कमाए होलान ? पक्कै धेरै नै कमाए। 

फेरि १८९० बाट फेरि खसेर ११०० को आशपास आयो बजार।  त्योबेला गुमाउनेहरुको पिडा पनि बिर्सन लायक नै होला तर बजार फर्केर ३२०० माथि नै पुग्यो नै। 

यो बजारको साइकल हो। कानुन सम्मत कसलाई मर्का नपर्ने गरि अरु क्षेत्रमा लागेर जिन्दगीभरि नहुने पैसा फेरि यहिँ बजारले केहि वर्षको अन्तरालमा पनि दिन्छ। यो वास्तविकता हो र कुनै गफ होइन। 

यो गुमाएको समयमा उदास नभई झन् उर्जा सहित उत्प्रेरित हुनुपर्छ। सोचेर चिन्ता गरेर त् केहि पनि उपलब्धि हासिल हुदैंन। यो समय भनेको आफुसँग जति छ त्यति जेरोबाट फेरि सुरु गर्न सकिन्छ। सुरुवात गरेर हेर्नुहोस र वास्तवमा बजारबाट कसरी पैसा कमाइन्छ त्यो अनुभव तपाइँ संग रहन्छ, बजारमा कस्ता हल्ला चल्छन, बजार कसरी अगाडी बढ्दो रहेछ त्यो तपाइले पक्कै बुझी सक्नु भएको छ। 

त्यसैले मनमा गुनासो गर्ने नै होइन।  किन विदेश गइन, उताका साथीको सफलता देखेर मनमा अनेक प्रश्न त आउला।  तर उताका साथीको पिडा त उताकै साथीलाई थाहा होला। उता पनि बोटमा पैसा फाल्ने त होइन। मुख्य कुरा अरु संग आफुलाई तुलना नगर्नुहोस , आज तपाइँ आफुलाई बनाउन लाग्नु भयो भने पक्कै तपाइँको भविष्य उज्ज्वल छ र सुन्दर छ। त्यसैले अब आफ्नो योजना बनाउनुहोस् र योजना अनुसार काम गर्नुहोस। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको