अर्थ संसार, काठमाडौं– आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दुई विकास बैंकको हकप्रद सेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचिकृत भएको हो । दुई विकास बैंकको १७ लाख भन्दा बढी सेयर सूचिृक भएको छ ।
कुनको कति ?
समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार ७ लाख १६ हजार ५ सय ६० कित्ता हकप्रद सेयर सूचिृक भएको हो ।
कञ्चन डेभलपमेन्ट बैंक
आज कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचिकृ भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को अनुसार १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस