प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन्। आज(बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा त्रिवि कुलपतिसमेत रहेका उनले यस्तो बताएका हुन्।
‘साथीहरूले प्रश्न उठाउनुहुन्छ, हस्तक्षेप गरेको होइन, अलिकति शैलीमा तलमाथि पर्ला त्यो आफ्नो ठाउँमा छ,तर हस्तक्षेप होइन निर्णय गर्छ नि यो संस्थाले, हामी सबैले सानो कुरामा नअल्झिनु हुँदैन,प्रभावकारी ढंगले सुदृढ गर्नुपर्छ,मर्यादासहित उपयुक्त,सकारात्मक ढंगले चल्नुपर्छ।’
प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीबाट डिन र क्याम्पस प्रमुख नियुक्त गर्न त्रिवि नेतृत्वलाई निर्देशन दिए । उनले विश्वविद्यालय यो देशको शिक्षाको लागि चाहिएको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस