हनी ट्र्यापर’ को आराेप लागेकी धादिङकी शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साइबर अपराधको उजुरीमा उनलाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए । पाठकविरुद्ध मंसिर १८ मा विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाहीका लागि पक्राउ पुर्जी जारी भएको छ।
पाठकले यसअघि एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतविरुद्ध समेत मुद्दा मामिला गरेकी थिइन् । बस्नेतविरुद्ध उनले दायर गरेको रिट अदालतले खारेज गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस