हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया देखि पुर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपात हुनुको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षा साथै हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भुभागमा हिमपात हुने तथा केही स्थानमा बर्षा हुनेछ भने तराइका केही स्थानमा बर्षा हुनेछ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनेछ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने देखिन्छ, त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस