रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको भोलि पुस १६ गते पाचौं वार्षिक साधारणसभा बस्ने भएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रकारको प्रस्ताव भने सभामा समावेश गरेको छैन् ।
सभा काठमाडौंको पूरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजेदेखि सुरू हुनेछ।
सभा प्रयोजनार्थ यस कम्पनीले पुस २ गते बुक क्लोज गरिसकेकाले बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस