Like us!
Follow us!
Connect us!
Watch us!

रावा इनर्जीको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, १२ : ४५ मा प्रकाशित

रावा इनर्जीको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँड गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेएको आइपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले जाँरी पुँजीको १० प्रतिशत अर्थात् २ लाख ८० हजार कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका खोटाङ्ग जिल्ला केपीलासगढी गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय बसोबास गर्ने व्यक्तिहरुको लागि निष्कासन गरेको आइपीओ जेठ १ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले गत चैत २३ गतेदेखि वैशाख २४ गतेसम्म आइपीओ निष्कासन गरिएकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई आइपीओ बाँडफाँड गरेको हो । 

आइपीओ रिजल्ट सम्बन्धी जानकारी बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/share-allotment  मार्फत हेर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको