Like us!
Follow us!
Connect us!
Watch us!

तरलता फालाफाल: आज फेरि ४० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, १७ पुस २०८१, ११ : ४१ मा प्रकाशित

तरलता फालाफाल: आज फेरि  ४० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि केन्द्रीय बैंकले नियमित निक्षेप बोककबोल माध्यमबाट तरलता प्रशोचन गर्न लागेको हो । 

राष्ट्र बैंकले आजै २१ दिनका लागि यति धेरै रकम खिच्न लागेको हो । आज २ बजेसम्म अनलाइन बिडिङ माध्यमबाट बोलकबोल हुने रमको ब्याजदर पनि कबोलकै माध्यमबाट तय हुनेछ ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म निक्षेप राख्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यो रकमको ब्याजसहित सावाँ फिर्ता माघ ९ गते हुनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको