Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

अर्थ संसार

विहीबार, २५ पुस २०८१, १० : १८ मा प्रकाशित

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालित समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ। हाल यस कम्पनीको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको छ।

साथै पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश जारी गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने र आगामी वार्षिक साधारणसभामा पारितका लागि पेश गर्ने निर्णय समेत गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको