Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

आइतबार, २८ पुस २०८१, ०८ : ४० मा प्रकाशित

आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा २०८१ साल पौष महिनाको २५ गते शुक्रबार सम्पन्न भएको छ। सभा सञ्चालनका लागि कम्पनीको सञ्चालक समितिका अध्यक्ष र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले अध्यक्षता गरेका थिए।

साधारण सभाले आर्थिक वर्ष २०८०-८१ को कम्पनीको वार्षिक प्रतिवेदन पारित गरेको छ। यसमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वेनी श्रेष्ठले २० करोड चुक्तापुँजी रहेको कम्पनीले धितोपत्र व्यवसायको ब्रोकर सेवा २०८१ साल असार २६ गतेबाट सुरु गरेको जानकारी दिएका थिए।

सभा का प्रमुख अतिथि र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ब्रोकर सेवाको क्षेत्र विस्तार गर्ने दीर्घकालिक योजना प्रस्तुत गरे। उनले शहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि ब्रोकर सेवाहरूलाई उपलब्ध गराउने आवश्यकता रहेको बताए।

आरविवि सेक्युरिटीज कम्पनीले नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्राप्त गरेर ब्रोकर, मार्जिन, थोक कारोबार लगायतका पुँजी बजार सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।

साधारण सभामा आरविवि सेक्युरिटीजका सञ्चालकगण, बैंकका विभागीय प्रमुख, उपकार्यकारी अधिकृतहरू, कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार, बाह्य लेखापरीक्षक र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कम्पनीले भविष्यमा पुँजी बजारसँग सम्बन्धित विभिन्न अन्य सेवाहरू थप गर्न र ग्रामीण क्षेत्रका जनतालाई पनि पुँजी बजार सेवामा पहुँच पुर्याउने योजना बनाएको छ।

आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडले अब पनि आफ्नो सेवा दायरा विस्तार गर्दै, ग्राहकहरूको आवश्यकताअनुसार नयाँ सेवाहरू प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको