नेपाली कांग्रेसका सांसद राजन केसीले अध्यादेशमार्फत आईपीओको मूल्य बढाउने विषय गलत भएको बताएका छन् ।
मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन ।
सांसद केसीले आईपीओको मूल्य १०० रुपैयाँबाट बढाइएको विषयमा प्रश्न उठाउँदै भनेका छन, ‘आईपीओलाई १०० रुपैयाँबाट बढाएर आएको छ, यस्ता कुरा गलत हुन्। सबैले सहज रूपमा १०० रुपैयाँमा आईपीओ भर्न सकेका थिए। यसलाई बढाउने निर्णय उचित छैन।’ तर, कति मूल्य बढेको हो भन्ने खुलाएका छैनन्।
उनले सर्वसाधारण लगानीकर्तालाई असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस