Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवालाई अग्राधिकार सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले दियो स्वीकृति

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, ११ : २९ मा प्रकाशित

कामना सेवालाई अग्राधिकार सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले दियो स्वीकृति

कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकले कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न पूर्वस्वीकृति दिएको हो।

 विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गरेको थियो । अब बैंकले केही दिनभित्रै नेपाल धितोपत्र बोर्डमा अग्राधिकार सेयर जारी गर्न अनुमति माग्दै निवेदन दिनेछ। धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले अग्राधिकार सेयर जारी गर्नेछ। 

बैंकले कुल ३५ करोड रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी लागेको छ। बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता अग्राधिकार सेयरजारी गर्नेछ।

यो अग्राधिकार सेयरको लाभांश दर ९ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिनेछ। अब धितोपत्र बोर्डको स्वीकृतिपश्चात उक्त अग्राधिकार सेयर बिक्रीका लागि आह्वान हुने र सम्बन्धित नियामकीय निकायको स्वीकृतिपश्चात स्टक एक्सचेन्जमा सूचीकृत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

अग्राधिकार सेयर जारी गरेपश्चात बैंकको पुँजीकोष वढ्न गई व्यवसाय विस्तारको अवसर बढ्न जानेछ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्तालाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयरलगानीको उचित माध्यम हुने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको