इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित फागुन १ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि चल्नेछ।
सभामा सेयरको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितका लागि पेश गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस