Like us!
Follow us!
Connect us!
Watch us!

फिल्मतिर लागे शेखर गोल्छा, काकुको निर्देशनमा 'परान' बन्ने

अर्थ संसार

शुक्रबार, ११ माघ २०८१, ११ : ३७ मा प्रकाशित

फिल्मतिर लागे शेखर गोल्छा, काकुको निर्देशनमा 'परान' बन्ने

व्यवसायिक घराना, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा तथा प्रिज्मा एड्भटाइजिङका रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रा.लिको ब्यानरमा सिनेमा निर्माण हुने भएको छ ।

बुधबार काठमाडौंमा कम्पनीले ‘परान’ सिनेमा निर्माणको औपचारिक घोषणा गरेको हो । 

हास्य टेलिशृंखला ‘सक्किगोनी’का पात्र ‘काकु’ को भूमिका निर्वाह गरेका दीपक आचार्यले सिनेमालाई निर्देशन गर्ने छन् । यो उनको डेब्यु निर्देशन हो । 

फिल्ममा मदनकृष्ण श्रेष्ठ, नीर शाह, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ।

यस्तै फिल्ममा बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्यसमेतको अभिनय रहनेछ।फाल्गुनको पहिलो साताबाट फिल्म फ्लोरमा जानेछ। फिल्मको छायांकन काठमाडौं तथा धनकुटामा हुनेछ।

फिल्म घोषणा कार्यक्रममा बोल्दै शेखर गोल्छाले उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्ला-जिल्लामा हुने महोत्सवहरूमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा नेपालीपन नदेख्दा त्यस्ता कार्यक्रममा जानु नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको र सोही प्रकारको सन्देश आयोजकहरूलाई दिने गरेको प्रसंग सुनाउँदै फिल्म निर्माण गर्नु पछाडि नेपालीपन र संस्कृतिको समृद्धिका लागि रहेको बताए।

कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कलाकार दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्लको साथमा सौरभ ज्योति, गोल्डस्टार जुत्ताका उत्पादक किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणा लगायत व्यवसायीहरूको उपस्थिति थियो।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको