Like us!
Follow us!
Connect us!
Watch us!

एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुपले गरे लगानीसम्बन्धी सम्झौता

अर्थ संसार

सोमबार, १५ साउन २०८०, १० : ५६ मा प्रकाशित

एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुपले गरे लगानीसम्बन्धी सम्झौता

एनआईएमबी एस क्यापिटल लिमिटेड र र गोल्छा ग्रुपबीच सम्झौता भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा दुवैका बीचमा सम्झौता भएको हो।

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रवर्द्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड (साविकको एनआईबीएल एस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रालि र हंसराज हुलासचन्द एन्ड कोप्रालिबीच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा लगानी गर्ने उद्देश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो। 

यस सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् प्रालि तथा हंसराज हुलासचन्द एन्ड कोप्रालिका कर्मचारीहरुले आफ्नो इच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागिता फण्डको व्यवस्थित लगानी योजनामार्फत लगानी गर्न सक्नेछन्।

उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड कोप्रालिका तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक एचआर नीता राणा  तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका तर्फबाट उप–प्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक  सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका थिए।

उक्त हस्ताक्षर समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेत, हंसराज हुलासचन्द एन्ड कोप्रालिका तर्फबाट सहायक महाप्रबन्धक अकाउन्ट एण्ड फाइनान्स सन्तोषप्रसाद घिमिरे तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका तर्फबाट वित्त नियन्त्रक अकाउन्ट एण्ड फाइनान्स योगेशचन्द्र पन्तको उपस्थितिमा हस्ताक्षर भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको