हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले फागुन ११ गते गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।
कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बोनस सेयर वितरणपछि चुक्ता तथा जारी पूँजी बढ्ने भएकाले सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।
त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ। आव ०७९/८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत सभाका लागि तय गरिएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएकाले माघ २४ गतेसम्म कायम सेयरधनी मात्रै समाभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस