Like us!
Follow us!
Connect us!
Watch us!

एसविआई बैंकको लाभांश पारित, संचालकमा बालकृष्ण निर्विरोध

बुधबार, १९ पुस २०७४, १९ : ५५ मा प्रकाशित

एसविआई बैंकको  लाभांश पारित, संचालकमा बालकृष्ण निर्विरोध

अर्थ संसार, काठमाडौं– नेपाल एसबिआई बैंकको  २४औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

साधारणसभाले  बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीमा १५.४२ प्रतिशतका दरले वोनश सेयर  र ०.८१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा बालकृष्ण श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।

साधारणसभाले ाले बैंकको आर्थिक वर्ष  २०७३÷७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

बैंकले आ.व. २०७३\७४ मा रु. २३३.९९ करोड संचालन मुनाफा र रु. १५२.३२ करोड खुद मुनाफा हासिल गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७३\०७४ को वित्तीय विवरण सहितको एकीकृत  वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त सधारणसभाले आ.ब. २०७४÷७५ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक निर्धारण गरेको छ ।

नेपाल एसबिआई बैंक लिमिटेड

संक्षिप्त परिचय

नेपाल एसबिआई बैंक लिमिटेड नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी संचय कोषको प्रवद्र्धनमा स्थापित बैंक हो ।

बैंकले हाल ८० वटा व्यवशायिक इकाई (३ वटा क्षेत्रीय कार्यालय सहित) र ७४८ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका १०२ वटा एटिएम रहेका छन् ।

नेपाल एसबिआई बैंकको कार्यप्रगतिका परिसूचकहरु:

  • बैंकको खुद ब्याज आम्दानी रु. २४१.६१ करोडमा २०.७२% ले बृद्धि भई यस बर्ष   २९१.६७ करोड पुग्यो ।

  • बैंकको संचालन मुनाफामा १३.६३% को बृद्धि हासिल भई रु. २३३.९९ करोड पुग्यो ।

  •  बैंकले आ.व. २०७३/७४ मा १४.३६% को बृद्धि हासिल गरी मुनाफा रु. १५२.३२ करोड आर्जन गर्न सफल भएको छ ।

  • बैंकको कोषको लागत ३.५४% रहेको छ, जुन गत वर्ष २.५५% थियो ।

  •  बैंकको खर्च आम्दानी अनुपात ३७.९४% रहेको छ, जुन गत वर्ष पनि ३७.९४% थियो ।

  •  बैंकको अन्य आम्दानीमा २५.६७% को बृद्धि हासिल गरी गत वर्षको रु. ९२.०२ करोड बाट रु. ११५.६४ करोड आर्जन गर्न सफल भएको छ ।

  •  कर्जा निक्षेप अनुपात (नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम) ७५% रहेको छ ।

  •  बैंकको पू्ँजी पर्याप्तता अनुपात नियमन निकायले तोकेको न्यूनतम ११% को तुलनामा १५.७१% रह्यो ।

  •   बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा उल्लेख्य सुधार गर्दै खूद निष्कृय कर्जा ०.१०% कायम गर्न सफल भयो ।

  •  बैंकले यस वर्ष ६९,९०५ खुद नयाँ बचत खोल्न सफल भयो ।

  • दर्ता भएका निक्षेप खाताहरुको संख्या अघिल्लो वर्षको तुलनामा १३.१३ प्रतिशतले वृद्धि भई ७.०३ लाख पुग्यो ।

  • इन्टरनेट बैंकिङ्ग सेवाग्राहीहरुको संख्यामा २५.९१ प्रतिशतले वृद्धि भई ५६ हजार पुग्यो ।

  • २०७४ आषढमासान्तसम्ममा ६.२९ लाख  कार्ड जारी गरेको छ र कार्ड प्रयोग गर्ने ग्राहकहरुको संख्या ९१  प्रतिशत रहेको छ ।

  •   साना तथा मझौला(एसएमई) व्यवसाय तर्फ बैंकले रु. २५२.३० करोड कर्जा लगानी गरी वार्षिक ३४.२१ प्रतिशतको वृद्धि हासिल ग¥यो ।

  •  बैंकले आर्थिक वर्ष २०७३/७४ को अन्त सम्ममा रु. ८,१६६.४५ करोड कुल निक्षेप संकलन गरी रु. ६,३७५.२१ करोड कर्जा प्रवाह ग¥यो ।

विगतका २४ वर्षमा क्रमिक एवं दिगो रुपमा हासिल प्रगतिकै फलस्वरुप बैंकिङ्ग उद्योगमा हाल यो स्थान हासिल गर्न बैंक सफल भएको हो ।

बैंकले आगामी दिनमा व्यवसायका नवीनतम क्षेत्रहरुको पहिचान गरी ग्राहक आधारमा विस्तार गर्दै अफ्ना उत्पादन तथा सेवाको प्रभावकारी वितरणका लागि वितरण प्रणालीमा सुधार गर्ने क्रमलाई जारी राख्ने छ र आफ्ना कर्मचारीहरुको दक्षता अभिबृद्धि गरी अझ उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै जानेछ ।

बैंकका शाखा तथा एटीएमको बहृद् सञ्जालले देशका हरेक क्षेत्रमा बस्ने जनसमुदायलाई सेवा पुर्याउन बैंकलाई अझ बढी सघाउ पुग्नेछ । बैंकको उक्त बृहद् उपस्थितिले ग्राहक आधार विस्तार गरी कम लागतको निक्षेप परिचालन गर्न समेत बैंकलाई सजिलो भएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको