Like us!
Follow us!
Connect us!
Watch us!

सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ती छानबिन हुनुपर्छ - स्वर्णिम वाग्ले

अर्थ संसार

शुक्रबार, १८ माघ २०८१, १६ : ४२ मा प्रकाशित

सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ती छानबिन हुनुपर्छ - स्वर्णिम वाग्ले

प्रतिपक्ष दल रास्वपाले राजकीय पद ग्रहण गरेका सबै नेताको सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति समेत रहेका प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले भने, ‘नेपालको जाँचबुझ आयोग ऐन, २०२६ छ । हाम्रो एउटा चिरस्थायी माग हुनेछ, नेपालको जाँचबुझ आयोग ऐन अन्तर्गत पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग अब गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ती छानबिन गर्ने गरेर अब हामी अगाडी जानुपर्नेछ ।’

वाग्लेले  रवि लामिछानेलाई संसदीय समितिले रकम अपचलनमा प्रत्यक्ष संलग्नता नभएको प्रतिवेदन बुझाउँदा पनि सरकार उनलाई जसरी पनि फसाउने नियतमा लागेको भन्दै यस्तो माग गरेका हुन् ।

सांसद वाग्लेले अहिले चलन चल्तीमा रहेका सबै काण्डको पनि एक एक छानबिन समिति बनाउनुपर्ने रास्वपाको माग रहेको बताए ।

उनले भने, ‘अहिले चलन चल्तीमा आएका सबै काण्डको पनि अब एक एक गरेर संसदीय छानबिन समिति माग्नेवाला छौ । भुटानी,कम्बोडिया, वाइडबडी,एनसेल,बालुवाटार,गिरीबन्धु। यि सबैको छिनोफानो अब हामीले गर्नुपर्नेछ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको