Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो ३० प्रतिशत लाभांश

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, १० : ३३ मा प्रकाशित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो ३० प्रतिशत लाभांश

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई  लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ २१ गते सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको