Like us!
Follow us!
Connect us!
Watch us!

अन्ततः तब्बु पनि भित्रिइन् हेराफेरीः ३ मा

अर्थ संसार

बुधबार, २३ माघ २०८१, २१ : २१ मा प्रकाशित

अन्ततः तब्बु पनि भित्रिइन् हेराफेरीः ३ मा

बलिउड अभिनेत्री तब्बु फिल्म हेराफेरी ३ मा पनि देखिने भएकी छिन् । 

अभिनेत्रीले सामाजिक सञ्जालमा एक पोष्ट सेयर गरेकी छिन्, जसमा उनले लेखेकी छिन् कि उनी बिना फिल्म अधुरो छ । अब तब्बुको यो पोष्ट हेरेर फ्यानले नायिका पनि हेराफेरीः ३ को हिस्सा बन्ने अनुमान गरेका छन् र यसैमार्फत उनले संकेत पनि दिएकी छिन् ।

वास्तवमा तब्बुले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी पोस्ट गरेकी छिन्, जसमा अक्षय कुमार र निर्देशक प्रियदर्शन देखिएका छन् । यसको क्याप्शनमा उनले लेखेका छन्, ‘म बिना कलाकारिता पूरा हुन सम्भव छैन ।’ उनले निर्देशक प्रियदर्शनलाई पनि ट्याग गरेका छन् ।

तब्बुको यो पोष्टपछि फ्यानहरुले ‘हेरा फेरी ३’ मा पुराना स्टारहरुको रि–युनियन हुन सक्छ भन्ने आशा गरेका छन् । तब्बु  ‘हेराफेरी’को पहिलो भागमा देखिएकी थिइन् । यसमा उनले सुनील शेट्टीकी प्रेमिकाको भूमिका निभाएकी थिइन । सन् २००० मा रिलिज भएको यो फिल्मलाई प्रियदर्शनले निर्देशन गरेका थिए ।

यसपछि सन् २००६ मा यस फिल्मको दोस्रो भाग आयो, जसलाई नीरज वोराले निर्देशन गरेका थिए । यद्यपि तब्बु यो फिल्ममा देखिइनन् । हालै निर्देशक प्रियदर्शनले आफ्नो जन्मदिनमा फिल्म हेराफेरी ३ को घोषणा गरेका थिए । आफ्नो एउटा पोस्टमा उनले परेश रावल, अक्षय कुमार र सुनिल शेट्टीलाई ट्याग गरेका छन् । चलचित्रको छायांकन यसै वर्ष सम्पन्न हुने बताइएको छ । जबकि, सन् २०२६ मा रिलिज हुने तय भएको छ । यद्यपी यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको