अर्थ संसार, काठमाडौं– सिद्धार्थ बैंकले गत बर्षको मुनाफाबाट १४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत बर्षको मुनाफा र संचित रकमबाट हालको कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर दिने जनाएको हो ।
कम्पनीको हालको चुक्ता पूँजी रु ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रहेको छ । बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन । पहिलो त्रैमासमा बैंकले रु २१ करोड खुद मुनाफा आर्जन गरेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस