Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोलाले पायो १००% हकप्रद सेयर जारी गर्ने अनुमति

अर्थ संसार

विहीबार, २४ माघ २०८१, ११ : १० मा प्रकाशित

दोर्दी खोलाले पायो १००% हकप्रद सेयर जारी गर्ने अनुमति

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

बोर्डबाट माघ २३ गते दोर्दी खोला जलविद्युतले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्नेछ। 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको