नेपाल धितोपत्र बोर्डले ६ वर्षदेखि स्थगित रहेको मर्चेन्ट बैंकर अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरेको छ ।
तोलाकान्त न्यौपानेद्वारा जारी विज्ञप्तीमा २०७५ साल साउन ८ गतेदेखि स्थगित निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसन सेवा सञ्चालनको कार्य गर्ने मर्चेन्ट बैंकरका लागि नयाँ लाइसेन्स पुनः सुचारु गरेको जानकारी दिइएको हो ।
धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्कासन तथा विक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्न मर्चेन्ट बैंकर व्यवसायको अनुमति प्रदान गर्न बाटो बोर्डले खुला गरेको हो ।
साथै बोर्डले उक्त नियमावली बमोजिम अनुमति प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न चाहेमा नियमावली बमोजिमको व्यवसाय सञ्चालन गरेको १० वर्ष पुरा गरिसकेका कम्पनीले आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यस्ता कम्पनीले आईपीओ जारी गर्दा ३० प्रतिशतभन्दा कम नहुने गरी जारी गर्नुपर्ने व्यवस्था बोर्डले गरेको हो । व्यवसाय सञ्चालन गरेको १० वर्ष पुरा भई १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गरिसकेका मर्चेन्ट बैंकरले ३० प्रतिशत भन्दा कम नहुने गरी आइपीओ जारी गर्न पाउने व्यवस्था समेत गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस