Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त

अर्थ संसार

विहीबार, २४ माघ २०८१, १७ : २१ मा प्रकाशित

ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त

ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् ।

बैंकको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई माघ २३ गते देखि  नै लागु हुनेगरी स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

वरिष्ठ अधिवक्ता समेत रहेका रेग्मीको विभिन्न कार्यक्षेत्रमा कार्य अनुभव पनि छ । कानून विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकार अन्तर्गत विभिन्न क्षेत्रमा पनि कानूनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन्।

उनी अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध छन् । नेपाल मध्यस्ता परिषदको आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको