Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपाल तराईको नगद लाभांश सेयरधनीको बैंक खातामा

अर्थ संसार

शुक्रबार, २५ माघ २०८१, ११ : ०५ मा प्रकाशित

बोटलर्स नेपाल तराईको नगद लाभांश सेयरधनीको बैंक खातामा

बोटलर्स नेपाल तराई लिमिटेडले पुस २६ गतेको साधारणसभाले पारित गरेको ५० प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाएको छ।

कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई माघ ६ गते देखि नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।  साथै लाभांश रकम सिँधै बैंक खातामा नै पठाइने व्यवस्था भएकाले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई यथाशीघ्र गर्न आग्रह समेत गरेको छ।

सेयर धितो राखेर कर्जा लिएका सेयरधनीको हकमा कर्जा लिएको वित्तीय संस्थाबाट एनओसी लेटर वा फुकुवा पत्र पेश गरेपछि मात्रै नगद लाभांश पठाइने बताएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको