पाँचथर पावर कम्पनीमा राजेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन भएको छ ।
कम्पनीको माघ २४ गते बसेको नवौं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो। श्रेष्ठ आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै, संस्थापक समूहबाट रघु नाथ पुरी, हिमा तिम्सिना, यज्ञ प्रसाद चापागाईं र निश्चल खरेल सञ्चालक नियुक्त भएका छन् । त्यस्तै, स्वतन्त्र सञ्चालकमा प्रकृति राज तिमिल्सिना र सर्वसाधारण समूहबाट साजन काफ्ले नियुक्त भएका हुन् ।
उनीहरुको कार्यकाल ४ वर्षका लागि हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस