रिडी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यो अवधिमा कम्पनी ९ करोड २६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेपछि नाफामा चुलिएको हो । गत वर्ष ९ करोड ८२ लाख रहेको कम्पनीको विद्युत बिक्रीबाट अहिले बढेर १८ करोड ६७ लाख कायम भएको छ ।
चुक्ता पुँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष २३ करोड ९९ लाख रुपैयाँले ऋणात्मक छ ।
यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १४ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ९५ रुपैयाँ १० पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस