एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधरणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ ।
प्रति सेयर अंकित मुल्य १०० रुपैयाँको दरमा २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्नका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
कुल २० हरोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्ने सम्बन्धमा भएको सम्झौतामा एसके इनर्जी डेभलपमेन्ट लिमिटेडका अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मेगावाट क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस