Like us!
Follow us!
Connect us!
Watch us!

विशाल बजारको १४ प्रतिशत लाभांश घोषणा

अर्थ संसार

मंगलबार, २९ माघ २०८१, ११ : ०९ मा प्रकाशित

विशाल बजारको १४ प्रतिशत लाभांश घोषणा

विशाल बजार कम्पनी लिमिटेडले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । 

कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । 

उक्त प्रस्ताव पारित गर्न कम्पनीले कम्पनीले १० वर्षपछि  साधारण सभा पनि बोलाएको छ । लाभांशसहित विभिन्न प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर क्लव काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा लाभांश प्रस्ताव पेश हुनेछ । साथै, आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट १ जना सञ्चालक पनि नियुक्ति गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गर्दैछ । तसर्थ फागुन ८ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको